Dhulikhel Eco Banner new

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

3.07K
shares

काठमाडौं, २५ भदौ । कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा आज बिहान ८ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ। स्थानीय सुरक्षा अवस्था र सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यो निर्णय लिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीदचोक वरपर र गण्डकी प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेकी हुन्। प्रशासनले जारी गरेको सूचनामा निषेधाज्ञा लागू भएको क्षेत्रभित्र कुनै पनि प्रकारका अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आदेशको उल्लंघन भएमा जो–कोही व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

सुरक्षाकर्मीहरू निषेधाज्ञा कार्यान्वयनका लागि उक्त क्षेत्रमा खटिइसकेका छन्। स्थानीय बासिन्दाहरूलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिएको छ।