Dhulikhel Eco Banner new

अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

4.17K
shares

काठमाडौं, २६ भदौ । देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपाली सेनाले सार्वजनिक गरेको सूचनाको आधारमा संवेदनशील प्रणालीहरू सञ्चालनमा राखी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवाहरू सुनिश्चित गर्न आग्रह गरेको हो।

राष्ट्र बैंकले भौतिक उपस्थिति आवश्यक नपर्ने अन्य प्रणालीहरू भने रिमोट एक्सेसमार्फत् सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको छ। साथै, ग्राहकहरूलाई जानकारी दिनका लागि यससम्बन्धी सूचना आफ्ना वेबसाइटमार्फत् सार्वजनिक गर्न पनि निर्देशन दिएको छ।

राष्ट्र बैंकको यो कदमले बैंकिङ सेवा अबरुद्ध नहोस् भन्ने उद्देश्य राखेको छ, जसले आम नागरिकको वित्तीय पहुँच र डिजिटल कारोबारमा सहजता सुनिश्चित गर्नेछ।