आज नवमी, देशभर विशेष पूजा–आराधना
वि.सं.२०८२ असोज १५ बुधवार ०८:१४
shares

काठमाडौं, १५ असोज । आज असोज शुक्ल नवमी, अर्थात् महानवमी परेको दिन देशभरका दुर्गा मन्दिरहरूमा विशेष पूजा–आराधना भइरेको छ। दसैंको नवौं दिन मानिने यो दिनलाई महिषासुरमर्दिनीको पूजा गरी देवी दुर्गाको शक्तिपूजाको रूपमा मनाइन्छ।
नवमीका दिन विभिन्न शक्तिपीठहरूमा विशेष भीड लाग्ने गर्दछ। भक्तजनहरूले आज दुर्गा भवानीका विभिन्न रूपहरू—कालरात्रि, चण्डिका, भगवती लगायत देवीहरूको पूजा गर्दै शक्तिको आराधना गर्छन्। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आजको दिन मात्रै आम जनताका लागि खुला गरिन्छ, जहाँ हजारौं श्रद्धालुहरू पूजा गर्न पुग्ने गर्छन्।
यस दिन राष्ट्रिय तथा स्थानीय सुरक्षा निकायहरू द्वारा शस्त्रपूजा पनि गरिन्छ। नेपाली सेनाले हरेक वर्ष झैँ तोपधनी सलामी दिई नवमी विशेष कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ।
दशैंको मुख्य दिन विजया दशमी भोलि परेको छ, जसका लागि टिका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने तयारी देशैभर भइरहेको छ।



















