Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

3.04K
shares

काठमाडौं, २ कात्तिक । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.६७ अंकले बढर २,५०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ७९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, हिमालयन ८०–२० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ६.१० प्रतिशतका दरले गुमाएका हुन् ।