Dhulikhel Eco Banner new

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.99K
shares

काठमाडौं, २ कात्तिक । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.६७ अंकले बढर २,५०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ७९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा हिमालयन ८०–२० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ६.१० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन कालिका लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् भने प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले ३.७६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् भने मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले ३.४२ प्रतिशतका दरले गुमाएका छन् ।