एनआइसी एशिया बैंकको नाफामा वृद्धि, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १०:१४
shares

काठमाडौं, २१ कात्तिक । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा १२ करोड २१ लाख नाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले बढि हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड पाँच लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी सामान्य अंकले घट्न पुगेको छ । असोज मसान्तसम्ममा बैंकले दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५५ करोड २५ लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा ११.३० प्रतिशतले वृद्धि भएर १९ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १७ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआइसी एशिया बैंकको ईपीएस ३ रुपैयाँ २१ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसाँ रहेको छ । समग्र रुपमा बैंकको वित्तीय सूचांकहरुमा सुधार हुदै गएको छ ।



















