प्राइम कमर्सियल बैंकले कमायो १ अर्ब २५ करोड ८४ लाख नाफा
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ११:११
shares

काठमाडौं, २१ कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिकमा १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २.२० प्रतिशत घटि हो ।
बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा भने १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँबाट १३.५४ प्रतिशतले बढेर २ अर्ब ७ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड १८ लाख रुपैयाँबाट सामान्य बढेर २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १२ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब १४ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ खर्ब ६१ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ४.८६ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत कायम भएको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) २६.५३ रुपैयाँबाट घटेर २५.९४ रुपैयाँमा झरेको छ।



















