Dhulikhel Eco Banner new

कृषि विकास बैंकले कमायो ५७ लाख ३८ हजार नाफा, अन्य सूचक कस्तो ?

4.15K
shares

काठमाडौं, २१ कात्तिक । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनामा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको तीन महीनामा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा प्रभावित भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३.१६ रुपैयाँबाट घटेर ०.१७ रुपैयाँ कायम भएको छ। यता बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५४ करोड ४० लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ। ब्याज आम्दानी बढे पनि बैंकको सञ्चालन नाफा ६ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ जुन गत वर्ष २९ करोड ८१ लाख रुपैयाँ धनात्मक थियो।

चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ र रिजर्भ कोषमा १६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

यद्यपि बैंकको कुल सञ्चालन नाफा भने २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ पुगेका छ। खराब कर्जा ४।७८ प्रतिशतमै स्थिर रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३९।५२ रुपैयाँ रहेको छ।