Dhulikhel Eco Banner new

गुरु भट्टराई र प्रकाश तिमल्सिनाविरुद्ध साइबर ब्यूरोमा उजुरी

7.81K
shares

काठमाडौं, २१ कात्तिक । पत्रकार माधव तिवारीले गुरु भट्टराई र प्रकाश तिमल्सिनामाथि सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएका छन्।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अवस्थीका अनुसार तिवारीको उजुरी दर्ता नम्बर ५४१२ मा दर्ता गरिएको छ।

उजुरीमा तिवारीले आफूलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा झूटो र आपत्तिजनक सामग्री प्रसारण गरिएको दाबी गरेका छन्। हाल उक्त विषयमा ब्यूरोले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।