एकैदिन प्रतितोला ४ हजार ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक २५ मंगलवार ११:००
2.56K
shares
shares

काठमाडौं, २५ कात्तिक । स्थानीय बजारमा मंगलवार सुनको मुल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला ४ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार प्रतितोला २ लाख ४१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार ४ हजार ९ सयले बढेर २ लाख ४६ हजार ४ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि १०५ रुपैयाँले बढेको छ । सोमवार ३ हजार ६५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य मंगलवार ३ हजार १७० रुपैयामा कायम भएको छ ।















