Dhulikhel Eco Banner new

प्रतितोला २ हजार १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.89K
shares

काठमाडौं, २६ कात्तिक । स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला २ लाख ४६ हजार ४ सयमा कारोबार भएको सुनको मुल्य बुधवार २ हजार १ सयले घटेर २ लाख ४४ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मुल्य भने ५ रुपैयाँले बढेको छ । मंगलवार ३ हजार १७० रुपैयामा कारोबार भएको चाँदीको मुल्य बुधवार ३ हजार १७५ रुपैयामा कायम भएको छ ।