Dhulikhel Eco Banner new

एकैदिन ५ हजार ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.04K
shares

काठमाडौं, २७ कात्तिक । स्थानीय बजारमा बिहीवार सुनको मुल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला २ लाख ४४ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार ५ हजार ९ सयले बढेर २ लाख ५० हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मुल्य पनि १७० रुपैयाँले बढेको छ । बुधवार ३ हजार १७५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य बिहीवार ३ हजार ३४५ रुपैयामा कायम भएको छ ।