झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:१८
shares

काठमाडौं, २७ कात्तिक । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.३१ अंकले घटेर २,५४४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४९ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा माबीलुङ इनर्जी र स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सागर डिष्टीलरी र बुंगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने बन्दिपुर केवलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।



















