Dhulikhel Eco Banner new

ब्याजदर कम भए पनि लगानी वातावरण अझै सुरक्षित छैन्ः अध्यक्ष पाण्डे

4.52K
shares

काठमाडौं, २८ कात्तिक। नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल बिन्दुमा आए पनि लगानीका लागि वातावरण अझै असुरक्षित रहेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनको प्रभाव व्यवसाय क्षेत्रमा स्पष्ट देखिएको उल्लेख गरे। अध्यक्ष पाण्डेका अनुसार हालको परिस्थितिमा लगानीकर्ताले जोखिम उच्च भएको अनुभव गरिरहेका छन्। “ब्याजदर कम भए पनि व्यवसाय सञ्चालनका लागि वातावरण अझै असुरक्षित छ,” उनले भने।

उद्योग परिसंघका अध्यक्षले लगानी प्रवर्द्धनका लागि स्थिरता, स्पष्ट नीति र व्यापारमैत्री वातावरण आवश्यक रहेको जोड दिएका छन्।