Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ६८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.85K
shares

काठमाडौं, ४ मंसिर । शेयर बजारमा ४ अर्ब ६८ करोडको कारोबार हुँदा सहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४१ करोड ८० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी युनियन हाइड्रोपावरको १२ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ भने बरुण हाइड्रोपावरको १२ करोड रुपैयाँ कारोबार भएको छ ।