Dhulikhel Eco Banner new

एनपीएल–२ मा पनि च्याम्पियन जनकपुर बोल्ट्ससँग रमपम नुडल्सको निरन्तर साथ

3.2K
shares

काठमाडौं, ५ मंसिर । लोकप्रिय ब्रान्ड रमपम नुडल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग आफ्नो साझेदारी निरन्तरता दिएको घोषणा गरेको छ। यस सिजनमा समेत रमपम जनकपुर बोल्ट्सको अफिसियल एशोसिएट पार्टनरका रूपमा फर्किएको हो।

कम्पनीका अनुसार रमपम र जनकपुर बोल्ट्सबीचको सम्बन्ध केवल व्यापारिक समझदारीमा सीमित छैन। वर्षौँदेखि बनेको आपसी सम्मान, निष्ठा र विश्वासले यो सहकार्यलाई विशेष बनाएको छ।

गत वर्ष एनपीएलमा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा रमपम सबैभन्दा विश्वसनीय समर्थकका रूपमा साथ रहेकामा कम्पनीले गर्व व्यक्त गरेको छ। त्यही निरन्तर भरोसा र सहकार्यकै कारण यसपटक पनि दुवै पक्षबीचको साझेदारी अझ मजबुत भएको जनाइएको छ।

हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका प्रतिनिधिले भने,“रमपम जस्तो राष्ट्रिय ब्रान्डले हामीमाथि देखाएको भरोसा र निरन्तर समर्थनले हाम्रो टोलीलाई उच्च प्रदर्शन गर्न प्रेरित गरिरहेको छ।”