Dhulikhel Eco Banner new

इनड्राइभ ड्राइभर सम्मान:  ३७ लाख मूल्यको ईभी कारसहित पुरस्कार वितरण

4.78K
shares

काठमाडौं, ७ मंसिर । राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले दशैं–तिहार लक्षित ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियानको नतिजा सार्वजनिक गरेको छ । अभियानको मुख्य आकर्षण मानिएको टाटा एक्सप्रेस ईभी कार हरि पाण्डेले जितेका हुन्।

नेपालमा करिब ३७ लाख रुपैयाँ पर्ने यो विद्युतीय गाडी हस्तान्तरणसँगै उनी यो वर्षका सबैभन्दा भाग्यशाली ड्राइभर ठहरिएका छन्। उनीसँगै टीभीएस रेइडर मोटरसाइकल आकाश तामाङले प्राप्त गरेका छन्।

स्मार्टफोनका विजेतामा तिलक थापा मगर, बिजय बस्नेत, राजेन्द्र महर्जन, श्यामकुमार लिम्बू र काजीमान रेग्मी मगर परेका छन्। अभियान चलेका हप्ताहरूमा विभिन्न सहभागीलाई स्मार्टफोन, स्मार्टवाच र इयरबड्सजस्ता अन्य पुरस्कारहरू पनि प्रदान गरिएको इनड्राइभले जनाएको छ।

कम्पनीका अनुसार यो अभियान दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण भदौ ९ देखि १५ सम्म र दोस्रो चरण भदौ १६ बाट असोज ५ सम्म चलेको थियो। दुई चरणभर आफ्नो प्लाटिनम स्ट्याटस कायम राख्न सफल ड्राइभरहरूले ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धा गरेका थिए ।

इनड्राइभले ड्राइभर पार्टनरहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको सेवा प्रतिबद्धताको सम्मान गर्नु अभियानको मूल उद्देश्य भएको जनाएको छ।