Dhulikhel Eco Banner new

डिप्रोक्स लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृतको माग, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3.89K
shares

काठमाडौं, ९ मंसिर। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले हाल रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृतपदका लागि कर्मचारी माग गरेको छ। लघुवित्तले उक्त पदका लागि चार वर्षे कार्यकाल तोकेको छ।

सूचनाअनुसार, पदका लागि स्नात्तकोत्तर तह वा सो सरह उत्तीर्ण र लघुवित्त, बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्षको अनुभव भएका वा स्नातक तह वा सो सरह उत्तीर्ण र व्यवस्थापकीय तहमा १० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्।

आवेदन दिने उमेर ४० वर्ष पुरा भइसकेको र ५८ वर्ष ननाघेको हुनु पर्ने उल्लेख सूचनामा गरिएको छ। डिप्रोक्स लघुवित्तले योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ।