Dhulikhel Eco Banner new

माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा

3.47K
shares

काठमाडौं, १४ मंसिर । कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोषअन्तर्गतको ‘माछापुच्छ्रे एसआईपी योजना’ अन्तर्गत २ करोड इकाई आजदेखि सर्वसाधारणका लागि बिक्रीमा खुलेको छ।

योजनाअन्तर्गत जारी गरिने ५ करोड इकाईमध्ये पहिलो चरणमा २ करोड इकाई मात्रै बिक्रीमा ल्याइएको हो। जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस योजनामा आज मंसिर १४ गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिनेछ। यस अवधिभित्र पर्याप्त आवेदन नआएमा आवेदन अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ। आवेदन दिन कम्तीमा १०० इकाईका लागि निवेदन पेस गर्नुपर्नेछ भने एकजनाले बढीमा २० लाख इकाईसम्म माग गर्न सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि प्राप्त रेटिङ्गअनुसार क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यस्तै योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन एएमसी क्वालिटि ३’ रेटिङ्ग दिएको छ।

यस योजनाका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।