Dhulikhel Eco Banner new

सपोर्ट लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

4.15K
shares

काठमाडौं, १६ मंसिर । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचनामा परिवर्तन भएको छ। कम्पनीको संस्थापक समूहका १ लाख २२ हजार ४४३.४५ कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भएपछि स्वामित्व संरचनामा समायोजन भएको हो।

कम्पनीले संस्थापक तथा सर्वसाधारण शेयरधनीबीच ६०–४० प्रतिशत स्वामित्व कायम गर्ने प्रस्ताव पारित गरेको थियो। सोही प्रस्तावअनुसार नेप्सेले मंसिर १५ गतेदेखि नयाँ शेयर संरचना अभिलेख गरेको छ।

नेप्सेमा सूचीकृत १२ लाख २४ हजार ४३४.४९ कित्ता शेयरमध्ये अब संस्थापक समूहसँग ७ लाख ३४ हजार ६६०.६९ कित्ता तथा सर्वसाधारण समूहसँग ४ लाख ८९ हजार ७७३.८० कित्ता शेयर रहने भएको छ।