Dhulikhel Eco Banner new

काठमाडौं र वीरगञ्ज पछि नेपालगञ्ज पुग्यो मेगा जव, ‘एनपिए म्यानेजमेन्ट’ तेस्रो ब्याजको तालिम हुँदै

7.49K
shares

काठमाडौं, १९ मंसिर । मेगा जव नेपालले भोलि शनिबार बाँकेको नेपालगञ्जमा ‘क्रेडिट डकुमेन्टेसन एण्ड एनपिए म्यानेजनमेन्ट’ को ट्रेनिङ दिने भएको छ । नेपालगञ्जमा दिन लागिएको उक्त विषयवस्तुको तालिम तेस्रो ब्याच हो । नेपालगञ्जको डाइमण्ड प्यालेस लड्स प्लाजा होटलमा तालिम शनिबार दिनभर चल्नेछ ।

यस अघि मेगा जव नेपालले काठमाडौं टार्गेट गर्दै भक्तपुरको नगरकोटमा पहिलो ब्याचको तालिम सम्पन्न गरेको थियो भने दोस्रो ब्याचको तालिम पर्साको बीरगञ्ज्मा सम्पन्न गरिसकेको छ । पहिलो ब्याचको तालिमको कोटा ३० रहेको थियो भने वीरगञ्जमा भएको दोस्रो ब्याचको तालिमको कोटा १५ थियो । तोकिएको कोटा अनुसार नै तालिममा सहभागी भएको र लगातार २ ब्याचको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको मेगा जवका प्रवन्ध निर्देशक शंकर पोख्रेलले जानकारी दिए ।

उनका अनुसार तेस्रो ब्याचको नेपालगञ्जमा हुने तालिममा भने २५ जना सहभागी हुँदैछन् । यस ट्रेनिङको रिसोर्ट पर्सनका रुपमा राजा अर्याल रहेका छन् । २ दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा क्रियाशिल रहेका अर्याल एक वाणिज्य बैंकको उच्च व्यवस्थापन तहका कर्मचारी र एक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष समेत हुन् ।

काठमाडौंको कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको मेगा जव नेपाल पूर्ब बैंकर र आर्थिक पत्रकारहरुद्वारा प्रवद्र्धित कम्पनी हो । यस कम्पनीले बैंकर्स तालिमसँगै मानव संशोधन (ह्ूमन रिसोर्सेस) सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । मेगा जवले यस अघि सात वटै प्रदेश स्तरमा समेत तालिम सम्पन्न गरिसकेको छ ।