‘इन्टरनेसनल ट्रेड फाइनान्स’को दोस्रो ब्याच ट्रेनिङ गर्दै मेगा जव नेपाल
वि.सं.२०८२ मंसिर २४ बुधवार १६:४६
shares

काठमाडौं, २४ मंसिर । मेगा जव नेपालले शुक्रबार र शनिबार दोस्रो ब्याचको इन्टरनेसनल ट्रेड फाइनान्स सम्बन्धी ट्रेनिङ आयोजना गर्ने भएको छ । भक्तपुरको नगरकोटमा पहिलो ब्याचको तालिम सफलतापूर्वक सम्पन्न गरेको मेगा जव नेपालले दोस्रो ब्याचको उक्त तालिम काठमाडौंमा गर्न लागेको हो ।
‘क’ वर्गका बैंकहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त ट्रेनिङ काठमाडौंको ले हिमालय होटलमा २ दिन चल्नेछ । यस ट्रेनिङको रिसोर्स पर्सनका रुपमा मनि श्रेष्ठ रहेका छन् । मेगा जव नेपालले ए–एम–एल÷सिएफटी, केवाईसीमेल, विजनेश डेभलपमेन्ट, क्रेडिट डकुमेन्टेसन एण्ड एनपिए म्यानेजनमेन्ट जस्ता ट्रेनिङहरु आयोजना गर्दै आएको छ ।
काठमाडौंको कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको मेगा जव नेपाल पूर्ब बैंकर र आर्थिक पत्रकारहरुद्वारा प्रवद्र्धित कम्पनी हो । यस कम्पनीले बैंकर्स तालिमसँगै मानव संशोधन (ह्ूमन रिसोर्सेस) सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । मेगा जवले यस अघि सात वटै प्रदेश स्तरमा समेत तालिम सम्पन्न गरिसकेको छ ।



















