Dhulikhel Eco Banner new

नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांश घोषणा

3.72K
shares

काठमाडौं, ९ पुस । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । (नेपाल टेलिकम) को पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको हो ।

बैठकले शेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो। यो प्रस्ताव पारितका लागि पुस ३० गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ। साधारणसभा तथा लाभांश वितरणका लागि पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिने कम्पनीले जनाएको छ।