हाम्रा विद्यार्थी लगेर अष्ट्रेलियाले कमायाे, हामीलाई के दियाे : पूर्वमन्त्री पाण्डे
विदेशी मुद्राकाे चाप अझै बढ्नसक्छ, कसरी हुन्छ समाधान ?
वि.सं.२०७९ असार २७ सोमवार ०९:१७
shares

काठमाडौं, २७ असार । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले तरलताकाे माग नै घटाउने नीति नेपाल राष्ट्र बैंकले लिएको बताएका छन् । संसदकाे अर्थ समितिमा बाेल्दै पूर्व अर्थमन्त्री पाण्डेले तरलता समस्या भयाे भनेर तरलताकाे माग नै घटाउने नीति गलत हुने बताएका हुन् । यसले राेजगारी घटाउने र ग्राेथ समेत नहुने उनले बताए ।
अहिले समस्याको रुपमा रहेको विदेशी मुद्राको सञ्चिति अझै लम्बिने देखिएको बताए । यसकाे समाधान राष्ट्र बैंकले मात्रै गर्न नसक्ने भएकोले सरकारले पनि गम्भीर हुनुपर्ने बताए ।
भारुसँग स्थिर विनिमयदर भएकोले अहिलेसम्म नेपाली रुपैयाँ धेरै अवमूल्यन नभएको उनले बताए । भाेलिका दिनमा भारु नै कमजोर बन्दा नेपाली मुद्रा झन् समस्यामा पर्ने बताए ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने विदेशी मुद्रा सटहीका विषयमा पुनर्विचार गर्नुपर्ने पाण्डेले बताए । विदेशी मुद्रा साटेर र जग्गा बेचेर समेत हुण्डी मार्फत नेपाली रकम विदेश जाने गरेको उनले बताए ।
नेपाली विद्यार्थी लगेर अष्ट्रेलियाले राम्रो फाइदा लिएको तर नेपालालाई केही नदिएको उनलेे बताए । पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘उनीहरुको नीतिलाई हामीले विद्यार्थी पठाएर सहयोग गर्यौ तर हामीलाई के दियाे ? हामीले माग्यौँ ?’ विदेशी विद्यार्थी ल्याएर कमाउने नीति भएको देशहरुबाट नेपालले पनि फाइदा लिनुपर्ने बताए ।



















