Dhulikhel Eco Banner new

अर्थमन्त्री जनार्दन शर्माले लिए सपथ

5.04K
shares

काठमाडौं, १५ साउन । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्री शर्माले आइतबार साँझ पद तथा गोपनियताको सपथ लिएका हुन् ।

अर्थमन्त्रीलाई स्वागत गर्नका लागि अर्थमन्त्रालयमा कर्मचारीहरु लामबद्ध भएर बसेका छन् । २५ दिनपछि फेरि अर्थमन्त्रालय सम्हाल्न लागेका मन्त्री शर्मालाई स्वागत गर्न पुष्पगुच्छा सहित बसेका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको विषयमा विवादित बनेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मा सोही जिम्मेवारीमा कम ब्याक गर्न लागेका हुन् । संसदीय छानबिन समितिले शर्मालाई सफाइ दिँदै प्रतिवेदन बुझाएको थियो ।