Dhulikhel Eco Banner new

अर्थमन्त्री जनार्दन शर्माद्धारा पदभार ग्रहण, सचिव मरासीनी अनुपस्थित

5.23K
shares

काठमाडौं, १५ साउन । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पुनः अर्थमन्त्रीको जिम्मेवारीमा पुगेका मन्त्री शर्माले पहिलो निर्णय निक्षेप बीमाको सीमा बढाउने निर्णय गरेका छन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने उल्लेख छ । जसअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा ३ लाख रुपैयाँलाई बढाएर ५ लाख बनाइनेछ ।

जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा रहेसम्म मन्त्रालयमा नआउने बताउँदै आएका सचिव मधुकुमार मरासिनी अर्थमन्त्रीको पदभार ग्रहण कार्यक्रममा अनुपस्थित रहे । उनी पोखरामा रहेको मन्त्रालय स्रोतले जनाएको छ । उनले असार २२ गते शर्माले मन्त्री पद नछाडेसम्म मन्त्रालयमा नफर्किने भन्दै बिदा लिएका थिए । तर शर्माले सोही दिन राजीनामा दिए पछि उनी भोलिपल्ट देखिनै काममा फर्किएका थिए ।