Dhulikhel Eco Banner new

अर्थतन्त्र जोगाउन ब्याजदर घटाउनु पर्छ : अध्यक्ष गोल्छा

3.55K
shares

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको ब्याजदर नघटाए अर्थतन्त्र जगाउन गाह्रो हुने बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्छाले ब्याजदरका कारण व्यवसाय धराशाही भएकोभन्दै यसले समग्र अर्थतन्त्रलाई नै क्षेति गरिरहेको बताएका हुन् ।

महासंघले मौद्रिक नीतिको त्रैमासिक समीक्षा र मुलुकको समग्र आर्थिक अवस्थाका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो । सो पत्रकार सम्मेलनमा उनले देशको आर्थिक अवस्था निकै कठिन अवस्थामा रहेको बताएका थिए ।