Dhulikhel Eco Banner new

१३ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

4.9K
shares

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड बढीको ट्रेजरी विल जारी गर्ने भएको छ । सोमबार बोलपत्र हुने बिल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको रहेको छ ।

केन्द्रीय बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिनको २ अर्ब २३ करोड ३२ लाख र १८२ दिन अवधि रहेको ६ अर्बको ट्रेजरी विल जागरी गर्न लागेको हो । २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल चैत ७ गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि जारी गर्न लागेको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल २०८० जेठ ९ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०८० साउन भदौ ५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बोलकबोलमा सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन पाउनेछन् ।