Dhulikhel Eco Banner new

सहकारीलाई राष्ट्र बैंकको दायरामा ल्याउनु गलत : नेफ्स्कुन अध्यक्ष पौडेल

7.57K
shares

काठमाडौं, १४ फागुन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारीलाई राष्ट्र बैंकको दायरामा ल्याउनु गलत भएको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चाल संघ (इमान) ले आयोजना गरेको ‘सहकारीमा संकट : कारण र समाधान’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्र बैंकले अनुगमन गर्न उसको क्षमताले नपुग्ने भन्दै उनले सहकारी नियमनका लागि राष्ट्र बैंकको पूरै जनशक्ति लाग्नु पर्ने उनको भनाइ थियो । सहकारीलाई नियमनसँगै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण तत्काल आवश्यक रहेको उनको भनाइ थियो । सहकारीका क्षेत्रका लागि वित्तीय सहकारी ऐनको आवश्यकता रहेको उनले बताए । यसका लागि सरकारले समयमा नै ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

ऐन नियम बनाएर व्यथितिलाई समाधान गर्ने सहयोग पुग्ने उनले भनाइ थियो । सहकारीकालाई वस्तुगत क्याप लगाउने कुरा अन्तराष्ट्रिय क्षेत्रमा नरहेको भन्दै यस्तो कार्यलाई पनि रोक्नु पर्ने उनले बताए ।