यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७९ चैत ३ शुक्रवार १०:०९
shares

काठमाडौं, ३ चैत्र । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ०९ पैसा र बिक्री दर १५९ रुपैयाँ ८१ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ ।
यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ २० पैसा र बिक्री दर १४० रुपैयाँ ८४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।



















