Dhulikhel Eco Banner new

६१ हजार बढी युवा रोजगारीका खोजिमा विदेशिए, उच्च दक्षता भएका ३० जना मात्रै

5.24K
shares

काठमाडौै, ५ चैत । नेपालबाट फागुन महिनामा ६१ हजार बढी युवा वैदेशिक रोजगारीको खोजिमा विदेशीएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन महिनामा नेपालबाट ६१ हजार ८४५ जना नेपाली रोजगारीको खोजिमा विदेश गएका हुन् ।

माघ महिनाको तुलनामा फागुन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको विभागको तथ्यांकले देखाएको छ । माघ महिनामा नेपालबाट नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ६४ हजार बढी रहेको थियो । माघ महिनामा ६४ हजार २८४ जना रोजगारीका लागि विदेश गएका थिए ।

विभागको तथ्यांक अनुसार फागुन महिनामा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । एक महिनाको अवधिमा म्यानपावरबाट २९ हजार २८८ जना र व्यक्तिगत रुपमा जाने नयाँ श्रमिकको संख्या ५ हजार ५३६ जना रहेका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या २४ हजार ८५१ जना रहेको छ । फागुन महिनामा जीटूजीमार्फत २ हजार १७० जना रोजगारीका लागि विदेश गएका छन् । यी सबै दक्षिण कोरियाको रोजगारीमा गएको हुन् ।

फागुन महिनामा वैदेशिक रोजगारीको खोजिमा नेपालबाट ९० देशमा श्रमिकहरु गएका छन् । ९० देशमध्ये फागुन महिनामा सबैभन्दा बढी मलेसिया गएका छन् । एक महिनामा मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या १९ हजार ८२४ जना रहेका छन् । त्यस्तै कामको खोजिमा ११ हजार ३०३ जना नेपाली कतार गएका छन् । त्यस्तै युएई जानेको संख्या ९ हजार ७९५ जना रहेको छ भने साउदी अरबमा रोजगारीका लागि ९ हजार ५०३ जनाले श्रम स्वीकृति लिएको विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणमा उल्लेख गरिएको छ ।

पछिल्लो समय नेपालीको आकर्षक श्रम गन्तव्यका रुपमा विकास हुँदै गएको रोमानियामा रोजगारीको खोजिमा जाने नेपालीको संख्या १ हजार ७० जना रहेको छ । फागुन महिनामा नेपालबाट वैदेशिक रोजगारीको लागि विदेशीने मध्ये सबैभन्दा बढी धनुषा जिल्लाका नागरिक रहेका छन् । धनुषाबाट ३ हजार १२९ जना कामको खोजिमा विदेश गएका छन् । त्यस्तै यो अवधिमा झाबाबाट २ हजार ७३५ जना, मोरङ्बाट २ हजार ३९६ जना, सिराहाबाट २ जार ३४५, महोत्तरीबाट २ जार ३०५ र रुपन्देहीबाट १ हजार ८१६ जना विदेश गएका छन् । त्यस्तै सर्लाहीबाट १ हजार ७२५ जना विदेशिएका छन् ।

धनुषाबाट ३ हजार १२९, झापाबाट २ हजार ७३५, मोरङबाट २ हजार ३९६, सिराहाबाट २ हजार ३४५, महोत्तरीबाट २ हजार ३०५, रुपन्देहीबाट १ हजार ८१६ र सर्लाहीबाट १ हजार ७२५ जना विदेशिएका छन् । त्यस्तै फागुन महिनामा सबैभन्दा कम मुस्ताङबाट २१ जना विदेशिएका छन् । त्यस्तै रुकुमबाट २६ जना, मनाङबाट २८ जना, हुम्लाबाट ३५ जना र मुगुबाट ४४ जना विदेश गएको तथ्यांकले देखाएको छ ।

दक्ष श्रमिक न्यून

नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु दक्ष योग्यता भएकाहरु रहेका छन् । फागुन महिनामा दक्ष योग्यता भएका ४२ हजार ७१८ जना युवा विदेश गएका छन् । यो अवधिमा १३ हजार ५८० जना अदक्ष श्रमिक विदेश गएका छन् । दक्षताभन्दा माथिल्लो स्तर (अर्ध दक्ष) को योग्यता भएका ५ हजार ४४९ जना नेपाली रोजगारीको खोजिमा विदेश गएका छन् । जसमा प्रोफेसनल क्षमता भएको ६८ जना र उच्च दक्षता हासिल गरेका ३० जना युवा विदेश गएका छन् ।