Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्यमा बढ्यो, कुन देशकाे पैसाेकाे सटही दर कति ?

5.01K
shares

काठमाडौं, १६ चैत । अमेरिकी डलरको मूल्य बिहीबार बढेको छ । अघिल्ला दिनहरुमा घटेको अमेरिकी डलरको मूल्यमा बिहीबार भने २४ पैसाले बढेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी विनिमयदर अनुसार एक मेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै बिक्रीदर १३२ रुपैयाँ ५ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा रहेको थियो ।

त्यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा रहेको छ । युरोको बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३३ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ १ पैसा तय गरिएको छ ।

साउदी रियाल खरिददर ३५ रुपैयाँ १ पैसा र र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९रुपैयाँ ८९ पैसा रहेको छ ।

लडरको मूल्यमा वृद्धि हुँदा हाम्रो जस्तो आयातमुखि अर्थतन्त्र भएको र विदेशी ऋणमा चलेको देशलाई आर्थिक भार पर्ने अर्थविद्हरुको भनाइ छ ।