विदेशी मुद्रा सञ्चितले साढे ९ महिनाको वस्तु आयात गर्न सकिने
वि.सं.२०७९ चैत २८ मंगलवार १४:३७
5.06K
shares
shares

काठमाडौं, २८ चैत । नेपालसँग अहिलेको अवस्थामा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति रहेको बताइएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी विदेशी मुद्राको सञ्चिति १४०१ अर्ब रहेको र यसबाट ९.४ महिनाको वस्तु आयात गर्न सकिने बताएका हुन् ।
चालु आर्थिक वर्षको सुरुमा विदेशी मुद्राको सञ्चिति १२१५ अर्ब रहेको थियो । अहिले बढेर यो १४०१ अर्ब पुगेको गभर्नर अधिकारीले जानकारी दिए । आयातमा कडाइ गरेकाले अवस्थामा सुधार भएको उनको भनाइ थियो ।



















