Dhulikhel Eco Banner new

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

4.91K
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो तरणमा पुगेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्यान नसकेपछि वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको हो ।

दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई जना बिच प्रतिपस्र्धा हुने छ । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । वरिष्ठ उपाध्यक्षमा विजयी हुनेले अर्को कार्यकाल अध्यक्ष बन्ने भएकाले यसमा निकै प्रतिपस्र्धा हुने गरेको छ । अहिले चुनावी मैदानमा रहेका उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेको निर्वाचन समितिले जनाएको छ ।