Dhulikhel Eco Banner new

अमेरिकी डलरको भाउ स्थिर, पाउण्ड र युरोको मूल्य घट्यो

4.17K
shares

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । त्यस्तै युरो र पाउण्डको मूल्य घटेको छ ।

सोमबार अमेरिकी डलरको मूल्य अघिल्लो दिनकै जस्तो १३० रुपैयाँ ६७ पैसा खरिददर र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै आइतबार युरो र पाउण्डको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार युरोको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ ।

आइतबार भने युरोको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा रहेको थियो । आज पाउण्डको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा रहेको छ । आइतबार भने पाउण्डको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ २५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७० पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ ।