Dhulikhel Eco Banner new

अहिलेको संकटबाट पार पाउन उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्छ : उपाध्यक्ष ढकाल

6.23K
shares

काठमाडौं, ८ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायी पलायन हुने अवस्था आएको बताएका छन् । शुक्रबार केटिएम भ्वाइसको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएको बताएका हुन् ।

राजनिति परिवर्तन भइसकेको अवस्थामा आर्थिक परिवर्तनका लागि मिडियाले भूमिका खेल्नु पर्ने उनले आग्रह गरे । नयाँ सरकारसँग मिलेर उद्योग वाणिज्य महासंघले काम गर्ने पनि उनको भनाइ थियो । अहिले व्यवसायी पलायन हुने अवस्था आएकाले राज्यले त्यस तर्फ ध्यान दिनुपर्ने उनले बताए । ब्याजदर लाई एकल विन्दुमा कायम गर्न नसकेको खवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने उनको भनाइ थियो । तरलता सहज बनाउनका लागि विकास निर्माणका कार्यहरु अगाडी बढाउने पर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘व्यवसायीले ऋण लिन नसक्ने र लिएर पनि तिर्न नसक्ने अवस्था रहेको भन्दै साना तथा मझौला व्यवसायीलार्य संसक्षण गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । उत्पादन मूलक अर्थतन्त्र बनाउन तर्फ राज्यले ध्यान दिनु पर्छ,’ उनले भने । आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्नका लागि पनि उत्पादनमा जोड दिनु पर्ने उनको आग्रह थियो ।