Dhulikhel Eco Banner new

केटिएम भ्वाइसको वार्षिकोत्सव समारोह (फोटोफिचर)

21.42K
shares

काठमाडौं, ८ वैशाख । अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइस डटकमले पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । २०७८ साल वैशाख १ गते स्थापन भएको अनलाइनले शुक्रबार औपचारीक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

 

वार्षिकोत्सवका अवसरमा अनलाइनले प्रकाशन गरेको अर्थ परिदृश्य नामक जर्नल समेत विमोचन गरिएको छ । पहिलो वर्षको अवसमार प्रकाशन गरिएको जर्नल उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमोचन गरेका थिए ।

आर्थिक विषयवस्तुलाई पहिलो प्राथमिकतामा राखेर सुरु गरेको अनलाइनको वार्षिकोत्सव कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंक, विभिन्न बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।