Dhulikhel Eco Banner new

गत साता ३० अंकले ओरालो लागेको शेयर बजार यो हप्ता कस्तो रहला ?

4.21K
shares

काठमाडौं, १० वैशाख । गत हप्ता नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले ओरालो लाग्यो । अघिल्लो हप्ता १९३४ दशमलव ४७ विन्दुमा रहेको नेप्से गत हप्ता भने ३० दशमलव ०७ अंकले घटेर १९०४ दशमलव ४० विन्दुमा झरेको थियो । यो समग्रमा अघिल्लो हप्ताको भन्दा १.५५ प्रतिशत कम हो ।

साता भरमा भएका पाँच कारोबार दिनमा एक दिन मात्रै शेयर बजारमा सुधार भएको थियो । बाँकी चार दिन शेयार बजारमा गिरावट आएको थियो । जसका कारण समग्रमा बजार घट्न पुगेको थियो । साचाको चौथो कारोबार दिन शेयर बजारमा १५ अंकभन्दा बढीले बढेको थियो भने अरु सबैदिन दोहोरो अंकले घटेको थियो ।

गत साता भारि मात्रामा गिरावट आएको शेयर बजार यो साता कस्तो रहला भन्ने आम लगानीकर्तामा चासो हुन स्वभाविक हो । नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ । गत साता नेप्सेमा दैनिक औषतमा ९२ करोडको शेयर खरिदबिक्री भएको थियो । जबकी नेप्सेको २० दिने दैनिक औषत भोल्यूम १ अर्ब ६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १३.२० प्रतिशत कम हो ।