शेयर बजार १८ अंकले घट्यो, कारोबार रकम ८२ करोड मात्रै
वि.सं.२०८० वैशाख १० आइतवार १५:१७
shares

काठमाडौं, १० वैशाख । शेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार १८ दशमलव ८० अंकले ओरालो लागेको हो ।
गत हप्ता पनि साढे १ प्रशितभन्दा बढीले घटेको शेयर बजारमा यो हप्ताको पहिलो कारोबार दिन नै करिब १ प्रशितको गिरावट आएको छ । आइतबार ०.९९ प्रतिशतले शेयर बजार ओरालो लागेको छ । आइतबारको कारोबार बन्द हुँदा १८ दशमलव ८० अंकले घटेको शेयर बजार परिसूचक १८८५ दशमलव ६० विन्दुमा झरको छ ।
परिसूचकसँगै आइतबार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार २६५ कम्पनीका २७ लाख ३४ हजार ३०७ कित्ता शेयर ३१ हजार ४१५ पटक किनबेच हुँदा ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेस पनि आइतबार ४ अंकले घटको छ । ४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५९ दशमलव १३ अंकमा झरेको छ । यो अघिल्लो कारोबार भन्दा १.१० प्रतिशतले कम हो ।



















