Dhulikhel Eco Banner new

पाउण्ड र युरोको मूल्य बढ्दा डलरको स्थिर

4.72K
shares

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरो र पाउण्डको मूल्य बढेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा नै रहेको हो ।

त्यस्तै सोमबार पाउण्डको मूल्य बढेको छ । आज पाउण्डको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खदिरदर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको थियो । सोमबार युरोको मूल्य पनि बढेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको थियो । आज बढेर खरिददर १४४ रुपैयाँ १ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा पुगेको छ ।

राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ २० पैसा र बिक्रीमा ९८ रुपैयाँ ६५ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ ।