Dhulikhel Eco Banner new

पाउण्डको मूल्य बढ्दा युरोको घट्यो, डलरको भने स्थिर

4.33K
shares

काठमाडौं, २५ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्डको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा पाउण्डको मूल्य केही बढेको हो । युरोको मूल्य भने सामान्य घटेको छ ।

सोमबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा पुगेको छ । आइतबार पनि डलरको सटही मूल्य त्यति नै रहेको थियो । सोमबार पाउण्डको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा रहेको थियो । सोमबार सामान्य घटेको युरोको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको थियो ।

राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ २ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको छ ।