Dhulikhel Eco Banner new

शोधनान्तर स्थितिमा सुधार

4.73K
shares

काठमाडौं, २७ वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा सोधनान्तर स्थितिमा सुधार आएको छ । अघिल्लो वर्ष घाटामा रहेको सोधनान्तर बचत चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

त्यस्तै चालू आर्थिक वर्षको ९ महिनासम्ममा चालु खाता ५१ अर्ब भन्दा बढीले घाटामा रहेको रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार नेपालको चालू खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको हो । यो अघिल्लो वर्षको भन्दा करिब ४६ अर्बले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा चालू खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ । यो अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ । यस्तै प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रहेको थियो ।