डलरको भाउ बढ्यो, पाउण्ड र युरोको घट्यो
वि.सं.२०८० वैशाख २९ शुक्रवार ०६:४५
shares

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य रुपमा घटेको डलरको भाउ शुक्रबार पुनः बढेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रपैयाँ ६५ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको थियो । शुक्रबार पाउण्ड र युरोको मूल्य भने घटेको छ । शुक्रबार लागि तोकिएको विनियमदर अनुसार पाउण्डको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा रहेको थियो ।
त्यस्तै शुक्रबार युरोको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा रहेको थियो ।
राष्ट्र बैंकले शुक्रबार लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ११ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा रहेको छ ।



















