Dhulikhel Eco Banner new

बजेटलाई उत्पानमुखी बनाउ चेम्बरको सुझाब

5.32K
shares

काठमाडौं, २९ वैशाख । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी बनाउन सुझाब दिएका छ । शुक्रबार चेम्बरको टोलीले अर्थमन्त्रीलाई भेटेर बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादन मुखी बनाउन आग्रह गरेको हो ।

अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग छ । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई चेम्बरले आर्थिक शिथिलताले धराशायी हुने संघारमा पुगेका उद्यमी व्यवसायीहरुलाई आवश्यक नीतिगत संरक्षण एवं सहुलियत प्रदान गर्नेगरी बजेट तर्जुमा गर्न आग्रह गरेको छ ।

अर्थमन्त्री डा. महतसमक्ष चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विनियोजित विकास बजेटलाई समयवद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न माग गरे । विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजिकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरुको नकारात्मक प्रभावले गम्भिर आर्थिक शिथिलता उत्पन्न गरेको उनको भनाइ थियो । चेम्बरले करको दायरा बढाउनसमेत अर्थमन्त्री डा. महतलाई सुझाव दिएको छ । लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको भन्दै अध्यक्ष मल्लले करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै चेम्बरले भन्सार प्रयोजनका लागि सन्र्दभ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन समेत आग्रह गरेको छ । साथै भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको क्वारेन्टाईन ल्याव राख्न समेत चेम्बरको सुझाव छ । यस्तै मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु हुनुपर्ने र आम उपभोग्य बस्तु र विलासिताका वस्तुहरुमा फरक दर कायम हुनुपर्नेमा पनि चेम्बरले सुझाव दिएको छ ।