Dhulikhel Eco Banner new

नेपाल उद्योग वाणिज्य महासंघमा प्रवक्ता आवश्यक छ : उपाध्यक्ष वैद्य

4.56K
shares

काठमाडौं, १ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले महासंघमा प्रवक्ताको आवश्यकता महशुस गरेको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा सबै विषयमा सबैलाई जानकारी नहुने नहुने भएकाले प्रवक्ता तोकिनु पर्ने उनले बताएका हुन् ।

महासंघमा वस्तुगत, जिल्ला नगर तथा एसोसिएटबाट आएका व्यक्तिहरु रहने भएकाले सबैको विषयलाई समेटेर जानकारी दिनका लागि प्रवक्ताको आवश्यकता रहेको उनको भनाइ थियो । ‘म आफै पनि जिल्ला नगरबाट आएकाले वस्तुगत तर्फको विषयमा बोल्नका लागि केही गारो हुन सक्छ, तर समग्र विषयमा महासंघको धारणा राख्ने प्रवक्ता तोकियो भने सजिलो हुने थियो,’ उनले भने ।