Dhulikhel Eco Banner new

ब्याजदर अझै घट्छ : अध्यक्ष केसी

4.5K
shares

काठमाडौं, २ जेठ । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै जाने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित दि बैंकिङ डिस्कोर्स २०२३ मा आफ्नो धारण राख्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

‘मौद्रिक नीतिको समीक्षाले ब्याजदर घटने संकेत गरेको र असार मसान्तसम्ममा स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने भएकाले ब्याजदर अझै घट्छ,’ उनले भने । राष्ट्र बैंकले प्रभावकारी मोनिटरिङ गरेका कारण बैंकिङ क्षेत्र स्वस्थ्य रहेको उनको भनाइ थियो ।

पछिल्लो सयम बैंकिङ क्षेत्रमा केही सुधार देखिएको भन्दै पूर्वाधार लगायत क्षेत्रमा समस्या भए पनि आशावादी बन्ने ठाउँ रहेको उनले बताए । ‘अहिले तरलता सहज रहेको र ब्याजदर पनि घट्दै गएको छ । बैंकिङ क्षेत्रमा काम गर्न सुरक्षा थ्रेट रहेको छ । यसमा सरकारले ध्यान दिनु पर्छ,’ उनले भने ।