ऋणीलाई फोन गर्दा डर लाग्छ : सीईओ ढुंगाना
वि.सं.२०८० जेठ ३ बुधवार ०७:१७
shares

काठमाडौं, २ जेठ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले ऋणीलाई फोन गर्न डराउनु पर्ने अवस्था आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित दि बैंकिङ डिस्कोर्स २०२३ मा बौल्दै सीईओ ढुंगानाले यस्तो कर्जा तिर्नका लागि फोन गर्दा आत्महत्याको दुरुत्साहनको मुद्दा लाग्ने डर भइरहेको बताएका हुन् ।
पछिल्लो समय खराब कर्जा बढे पनि उठाउन सक्ने अवस्था नरहेको सीईओ ढुंगानाले बताए । ‘ऋणीलाई फोन गर्दा आत्महत्या दुरुत्साहन मुद्दामा परिएला भनेर फोन गरेर कर्जा उठाउन सक्ने अवस्था छैन,’ उनले भने । अप्ठ्यारो समयमा पनि मौद्रिक नीतिको समीक्षा निकै उत्कृष्ट आएको उनको भनाइ थियो । वित्त नीतिले गर्ने काम मौद्रिक नीतिबाट होस् भन्ने चाहना राख्नु गलत हुने उनको धारणा थियो ।



















