Dhulikhel Eco Banner new

लगातार तेस्रो दिन शेयर बजारमा हरियाली, कारोबार रकम अर्ब माथि

4.82K
shares

काठमाडौं, ४ जेठ । शेयर बजारमा लगातार तेस्रो दिन पनि हरियाली छाएको छ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक ३० अंकभन्दा बढीले उकालो लागेको हो ।

अघिल्लो दिन पनि दोहोरो अंकले बढेको शेयर बजार परिसूचक बिहीबार ३२ दशमलव ३० अंकले बढेको हो । बिहीबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १८७७ दशमलव ३२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.७५ प्रतिशतले बढी हो । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिनसम्म करोडमा रहेको कारोबार रकम आज अर्ब माथि पुगेको छ ।

आज २६४ कम्पनीका ४४ लाख २२ हजार १८६ कित्ता शेयर ३२ हजार ५७९ पटक खरिद बिक्रीहुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै हप्ताको अन्तिम कारोबार दिन ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेको छ ।
आज सेन्सेटिभ इन्डेक्स ५ दशमलव २३ अंकले बढेर ३५८ दशमलव १८ विन्दुमा पुगेको छ ।