नीति तथा कार्यक्रम कर्णप्रिय छ : कावा अध्यक्ष बोहोरा
वि.सं.२०८० जेठ ५ शुक्रवार १९:२५
shares

काठमाडौं, ५ जेठ । लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष मिन बहादुर बाेहाेराले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णप्रिय रहेको बताएको छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पछि केटिएम भ्वाइससँगको कुराकानीमा संघका कार्यबाहक अध्यक्ष मिन बहादुर बोहोराले अहिलेको नीति तथा कार्यक्रममले सबै क्षेत्रलाई छोएकाले सुन्दा निकै कर्ण प्रिय रहेको बताएका हुन् ।
‘मोटामोटी रुपमा हेर्दा नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई छोएको छ । यसको भित्रि कुरा केलाउन बाँकी छ,’ उनले भने । नीति तथा कार्यक्रमले कृषि, बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य शिक्षा लगायत विषयहरु समेटेको छ । यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुने उनको भनाइ छ । अनुदानका कुराहरु पनि समेटिएको भन्दै उत्पादन गरे बराबरको नै अनुदान कृषिकलाई दिनु पर्ने उनले बताए ।
नारामा निकै लोकप्रिय रहेको यो नीति तथा कार्यक्रमको कार्यान्वय पाटो हेर्न बाँकी रहेको उनको भनाइ छ । ‘कृषिमा लगानी नगरेसम्म देशको आर्थिक विकास सम्भव हुँदैन् । यसका लागि राज्यले विशेष ध्यान दिनु पर्ने हुन्छ,’ उनले भने ।



















