Dhulikhel Eco Banner new

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक

8.02K
shares

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारीमा जुटेको छ । मौद्रिक नीतिको तयारी स्वरुप केन्द्रिय बैंकले मंगलबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि सुझाव माग गरेको हो ।

राष्ट्र बैंकले आर्थिक अनुसन्धान विभागको इमेलमार्फत वा कार्यालयमै पुगेर सल्लाह सुझाव दिन सक्ने जनाएको छ । नीति तथा कार्यक्रममा सुझावहरुलाई समेत समावेश गरिने छ । केन्द्रिय बैंकले हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । राष्ट्र बैंकले सरकारले लिएको आर्थिक नीति र बजेटका लक्ष्यहरु पुरा गर्नेगरी नीति तर्जुमा गर्ने गर्दछ ।